काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २१ गतेलाई बोलाएको छ । बैठक २१ गते शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलले एक विज्ञप्ति जारी गर्दै पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा बैठकमा छलफल हुने जानकारी दिएका छन् । ‘बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने भएकाले अनिवार्य उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई निर्देशानुसार अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०७७, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता