काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आजदेखि काठमाडौंको चुनदेवीमा सम्र्पक कार्यालय सञ्चालनमा ल्याउने भएको छ । पार्टीकै नाममा कार्यालयको नाम भने राखिने छैन । कार्यालय दिउँसो १ बजे निर्वतमान कार्याबाहक सभापति पूर्णवहादुर खड्काले उद्घाटन गर्ने तयारी भएको छ ।
कार्यालयको नाम भने ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’ भनेर राखिने भएको छ । कार्यालय सञ्चालनमा आएलगत्तै त्यहीँ १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको बैठक बस्नेछ। दिउँसो १ बजेका लागि तय गरिएको बैठकले संस्थापनइतर समूहको आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
बैठकको मुख्य एजेन्डा राष्ट्रिय भेला आयोजना गर्ने मिति तय गर्नु रहेको स्रोतले जनाएको छ। उक्त भेलामार्फत पार्टीको भावी रणनीति, संगठन विस्तार, महाधिवेशनको तयारी तथा संस्थापनइतर पक्षको साझा धारणा तय गरिनेछ।
नेता मीन विश्वकर्माका अनुसार चुनदेवीस्थित सम्पर्क कार्यालय १५औँ महाधिवेशनको तयारीको मुख्य केन्द्र बन्नेछ। ‘चुनदेवीमा सम्पर्क कार्यालय स्थापना हुन्छ। १५औँ महाधिवेशनका सम्पूर्ण तयारी, छलफल र बैठक त्यहीँबाट सञ्चालन हुन्छन्। सम्पर्क, सम्बन्ध विस्तार र संगठन सुदृढीकरणका काम पनि यही कार्यालयबाट अघि बढाइनेछ,’ विश्वकर्माले भने।
पार्टीभित्र लामो समयदेखि देखिएको आन्तरिक विवाद समाधान हुन नसकिरहेका बेला संस्थापनइतर समूहको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। एकातर्फ राष्ट्रिय भेला बोलाएर आफ्नो रणनीति अघि बढाउने तयारी भइरहेको छ भने अर्कोतर्फ संस्थापन पक्षका नेताहरूले भने असन्तुष्ट पक्षलाई संवादमार्फत एकतामा राख्न नसकिए पार्टी थप संकटतर्फ जान सक्ने चिन्ता व्यक्त गर्दै आएका छन्।
चुनदेवीमा सम्पर्क कार्यालय स्थापना र त्यसलगत्तै बस्ने केन्द्रीय समितिको बैठकलाई कांग्रेसभित्रको आगामी शक्ति सन्तुलन र १५औँ महाधिवेशनको दिशानिर्धारण गर्ने महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असार २०८३, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति