काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विवाद मिलाउन भन्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई एकल हस्ताक्षरको पत्राचार गरेपछि अर्का अध्यक्ष प्रचण्डले पनि छुट्टै निर्देशन दिएका छन् ।
ओलीले ५ गते शाहीलाई दिएको निर्देनमा भनिएको छ, अनुशासित तबरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेकपाका प्रदेशसभा दल कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहमाथि तपाईँले गरेको कारबाही फिर्ता लिन र उहाँलाई पूर्ववत प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु ।’
ओलीले एकपक्षीय रुपमा यसरी निर्देशन दिएपछि प्रचण्डले पनि पार्टी प्रदेश इन्चार्ज जनार्दशन शर्मालाई शुक्रबार पत्र लेख्दै प्रदेशसभा सदस्यहरुको भावना र मर्मअनुसार कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
प्रचण्डको पत्रमा दुई अध्यक्षबीच कात्तिक ४ गते भएको छलफलअनुसार अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने सहमति भएको उल्लेख छ ।
पार्टीभित्र दुई अध्यक्षात्मक व्यवस्था हुँदाहुँदै ओलीले एकल हस्ताक्षर गरेर कर्णालीमा पत्राचार गरेको विषयमा नेताहरुले नै ओली–प्रचण्डबीचको सम्बन्धमा थप चिसोपना आएको रुपमा विश्लेषण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०७७, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी