काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार हुने तय भएको छ । राष्ट्रपति कार्यालयले बिहीबार बिहान ११ बजेको लागि सपथको कार्यक्रम राखेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिमण्डल हेरफेर र पुनर्गठन गरेकी थिइन् । जसअनुसार विष्ण पौडेल अर्थमन्त्री, लीलानाथ श्रेष्ठ महिलामन्त्री र कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् ।
यस्तै पार्वत गुरुङको मन्त्रालय परिवर्तन भएको छ । उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रक्षा मन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानन्त्री कार्यालयमा सरुवा गरिएको छ । रक्षा मन्त्रालय भने प्रम आफैले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ असोज २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
महिलाको जीवनस्तरमा परिवर्तन नभई समृद्ध राष्ट्र बन्दैन : मन्त्री बादी
पूर्वराजादेखि बहालवाला मन्त्रीसम्मलाई जोगाएर ‘सम्पत्ति छानबिन’ !
नवनियुक्त दुई मन्त्रीले लिए सपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?