काठमाडौं । जनेजी पुस्ताको विद्रोहका बेला गत भदौ २३ र २४ का ती तात्तिएका सडकहरू सम्झनुस् । माइतीघर देखि नयाँ बानेश्वर, संसद भवन देखि सिंहदरबार हुँदै काठमाडौंको सडकमा जेनजी पुस्ता चिच्याइरहेका थिए, ‘नेपो वेवीको राज चल्दैन ।’ भ्रष्टाचार मुर्दावाद । विशेषाधिकार र सत्ताको उत्तराधिकारीकरण बन्द गर । सामाजिक सन्जालमाथीको प्रतिवन्ध खोल ।
समाजिक सञ्जालमा ह्यासट्यागहरू ट्रेन्डिँदै थिए, टिकटकमा उद्घोष घन्किँदै थियो, र सडकमा राजनीतिक नेतृत्वमाथि अविश्वासको आगो सल्किएको थियो ।
त्यो आगोले दुई दिनमै एमाले कांग्रेसको झण्डै दुई तिहाई संख्याको अहंकारको सत्ता नै ढल्यो । अर्थात पहिलोपटक तत्कालिन प्रधानमन्त्री केपी ओली प्रधानमन्त्रीको सरकारी निवासबाटै राजीनामा ठोकेर सेनाको हेलिकप्टरमा भागेर मकवानपुरको कुलेखानी ब्यारेकमा शरण लिन जानुप¥यो । पूर्व प्रधानन्यायाधीस सुशीला कार्कीको नेतृत्वमा देशले अन्तरिम चुनावी सरकार पायो ।
आशा थियो– राजनीतिक जीवनशैली बद्लियो होला । अब विशेषाधिकार होइन, समानता जस्तै मूल्य जोगियो होला । तर सत्ता फेर्न सजिलो रहेछ, मूल्य फेर्न होइन ।
कसरी भन्ने प्रमाण जनेजी आन्दोलनको बलमा गठन भएको कार्की नेतृत्वको सरकारका ठ्याक्कै, एक–एक मन्त्रिमण्डल सदस्यको परिवारिक बसाइले देखाइदिन्छ । जेनजी पुस्ताले भ्रष्टाचार र विशेषाधिकारविरोधी आवाजको प्रतीक मानेर सरकारको बागडोर सम्हाल्न अगाडी सारेका सुशीला कार्की अहिले सरकारको नेतृत्वमा छिन् ।
तर उनको एक मात्र छोरा प्रशान्त सुवेदी क्यालिफोर्निया, अमेरिकामा बस्छन् । आइटी इंजिनियर छन् उनी । उनीमात्रै होइन, बुहारी पनि त्यही अमेरिकामै बस्छिन् । देशमा ‘समानताको राजनीति’ उब्जाइरहेकी सुशीलाले आफ्नो घरको भविष्य भने अमेरिकामा रोपिरहेकी छिन् ।
भनेपछि प्रश्न उब्जिन्छ— देशबाट पलायन गलत थियो कि, पलायन रोक्ने शिक्षा गलत थियो ? कि नारा मात्र देशका लागि, भविष्य आफ्नै लागि ? यो प्रश्न नेपो वेवी अभियान चलाउने जेनजी पुस्तालाई सुशीला कार्की नेतृत्वका सरकारका मन्त्रीका छोराछोरीको विदेश बसाई देखाउँदै सोध्न मिल्ने की नमिल्ने ? प्रश्न उठ्न थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइस भौतिक पूर्वाधार तथा यातायातस सहरी विकास मन्त्री कुलमान घिसिङका छोराहरु पनि विदेशमै छन् । उनका एक छोरा अमेरिका र अर्काे छोरा चीनमा छन् ।
वर्षौं अँध्यारो हटाएको श्रेय पाएका कुलमान घिसिङ प्रायः इमानदार र राष्ट्रवादी पात्रका रूपमा प्रस्तुत गरिन्छन् । तर उनका जेठा छोरा अमेरिका र कान्छा छोरा चीनमा छन् ।
यी विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्ने कुरा गलत होइनन् । तर कांग्रेस, एमाले र माओवादीका नेताका छोराछोरीको नेपो वेवी अभियान चलाएको जनेजी पुस्ताले घिसिङका छोराछोरीका बारेमा प्रश्न उठाउने की नउठाउने ?
त्यस्तै अर्का मन्त्री छन् अर्थमन्त्री रामेश्वर खनाल । उनकी एकमात्र छोरी पनि पिएचडी अध्ययनका क्रममा यतिवेला दिल्लीमा छिन् । सिंगो आर्थिक नीति सम्हाल्ने व्यक्ति उनकी छोरी अमेरिकामा लामो मसय बसेर पढेर अहिले दिल्लीको जवहरलाल नेहेरु विश्वविद्यालय (जेएनयू)मा पीएचडी गरिरहेकी छिन् ।
अर्का मन्त्री हुन् उद्योग, वाणिज्य तथा आपूर्तिस कानून, न्याय तथा संसदीय मामिलास भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिंन्हा । उनको छोरा पनि अमेरिकामै बस्छन् । उनको छोराले विदेशी केटी विवाह गरेका छन् । औद्योगिक विकास, व्यापार र कानुनी ढाँचा सम्हाल्ने मन्त्री सिन्हाको परिवारको जीवनमार्ग भने अमेरिकाको स्टेट यूनिभर्सिटीका सेतो घरमा छ ।
भनेपछि राष्ट्रवाद कता ? घरेलु उत्पादन र श्रमप्रतिको सम्मान कता ? भन्ने प्रश्न उनको विषयलाई लिएर पनि उठेको छ । शिक्षामन्त्री महावीर पुनको एउटी छोरी पनि विदेशमै छिन् । उनको छोरी बंगलादेशमा एमविविएस अध्ययन गरिरहेकी छिन् । अर्की छोरी भने पोखरामा छिन् ।
सीप, नवप्रवर्तन र जडानको नाममा चिनिने व्यक्तित्व पुनको छोरी बंगलादेशको जाहारुत इस्लाम मेडिकल कलेजमा अध्ययन गरिरहेकी छिन् ।
नेपालमा मेडिकल शिक्षा असमान छ, महँगो छ, पहुँचमा छैन । यही सन्देश त जनताले वर्षौंदेखिको आन्दोलनमा दिएको होइन र ? तर नेता र मन्त्री, प्रधानमन्त्रीका छोराछोरीका लागि वैकल्पिक बाटो सधैं खुला नै छ ।
स्वास्थ्य मन्त्री सुधा गौतमको पनि छोरा बैंकक र छोरी अमेरिकामा बस्दै आएका छन् । मन्त्रीकै परिवार आफ्नै बच्चाको भविष्य नेपालमा देख्दैन ।
अहिलेको सरकारका मन्त्रीहरुमा अपवादमा कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार मात्रै छन् । मन्त्रिमण्डलमा एक मात्र मन्त्री जसका दुवै छोराछोरी नेपालमै इंजिनियर छन् । सञ्चारमन्त्री जगदीश खरेल र गृहमन्त्री ओमप्रकाश पुनको सन्तान भने १२ पास भईनसकेको र सानै उमेर समुहका भएका कारण मात्र नेपालमा रहेको जस्तो देखिएका छ । सञ्चारमन्त्री खरेलको बच्चा सानै छ । गृहमन्त्री अर्यालको छोरा भने ललितपुरको एउटा कलेजमा ११ कक्षामा अध्ययन गरिरहेको छ ।
जेनजी पुस्ताले जुन नेपो वेवीविरुद्ध विद्रोह गरे, त्यो राजनीतिक दलका बालबच्चा विरुद्ध मात्र थिएन । त्यो विशेषाधिकार र पलायनको संस्कृतिविरुद्धको चेतना थियो । लक्जेरियर्स जीवनशैलीको आलोचना थियो ।
तर अहिले देखिएको वास्तविकताले फेरि उही सस्कृति र प्रवृत्ति देखिएको छ । अहिले जेनजीले खोजेका प्रधानमन्त्री र मन्त्रीका छोराछोरी पनि विदेशमै आफ्नो भविश्य सुरक्षित बनाईरहेका छन् ।
हिजोका नेताहरूका छोराछोरी विदेश थिए, आजका नेताहरूका छोराछोरी पनि विदेश छन् । हिजो सत्ता विशेषाधिकारको दर्पण थियो, आज पनि सत्ता ठीक उस्तै दर्पण छ । हिजो नारा थियो, अब नेताका छोराछोरीको विदेश बसाई, लग्जेरियर्स जीवन फेर्नुपर्छ । आज सिस्टम फेर्ने ठाउँमा कुर्सी मात्र फेरिएको छ । सडकमा आएका युवाले गलत माग गरेका थिएनन् । गलत त त्यो विश्वास थियो कि, पात्र बदलिँदा राजनीति पनि बदलिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीसँग एमाले नेता बर्तौलाको नोकझोक
बालुवाटारमा प्रधानमन्त्री र एमाले नेताबीच किन भयो भनाभन ?
'मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन' : प्रधानमन्त्री कार्की