काठमाडौं । नवनियुक्त ४ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद विस्तार गर्दा परराष्ट्र,रक्षा र खानेपानी मन्त्रालय आफूसँगै राखेकी छन् ।
नवनियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था,राजेन्दसिंह भण्डारीले श्रम,माधव चौलागाईले वन तथा वातावरण र श्रद्धा श्रेष्ठले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा पाएका छन् ।
उनीहरुले आज शपथग्रहण गरेका छन् । उद्योग र कानून मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । अन्य मन्त्रीहरुको जिम्मेवारी भने यथावत रहेको छ । अब कार्की नेतृत्वको मन्त्रिपरिषद १४ सदस्यीय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री
नवनियुक्त चार मन्त्रीले लिए शपथ
नवनियुक्त मन्त्रीहरूको शपथ २ बजे