काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न प्रदेश कमिटिका पदाधिकारीलाई काठमाडौंं बोलाएको छ ।
मंगलबार दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मावीच भएको छलफलले सबै पदाधिकारीलाई काठमाडौं आउन पत्र पठाएको हो । उनीहरुलाई बिहीबार काठमाडौं आउन पत्रमा भनिएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन् । सहइन्चार्ज यमलाल कँडेल हुन् । जसले सो प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध दलको नेताबाट हटाउन अविस्वास प्रस्ताव ल्याउने नेतृत्व गरेका थिए । त्यस्तै कर्णाली प्रदेका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मयाप्रसाद शर्मा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ असोज २०७७, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने