काठमाडौं । सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना भाइरसको संक्रमण भएसंगै उपचारका लागि आईसीयूमा सारिएको छ ।
चौधरीलाई शुक्रबार राति आईसीयूमा सारिएको हो । वीर अस्पतालमा उपचाररत चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा सारिएको छ । श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि नै सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन् ।
‘स्वास प्रश्वासमा अलि कठिनाई भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ,’ उनले अस्पतालबाटै तीन दिन अघि लेखेको फेसबुक स्ट्याटसमा उल्लेख छ । पाँच दिनअघि उनलाई लक्षण सहितको संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ असोज २०७७, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ