रुपन्देही । नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।
आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।
प्रदेश सरकारले प्रदेशसभामा पेश गरेका प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए । नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उनले बताए ।
कांग्रेसले निर्णय गरे पनि दाङ र बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गर्दै प्रदेशसभामा शुक्रबार पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काँग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका संशोधन, असोज १६-१९ सम्म गर्ने निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विवादमा गोकुल बाँस्कोटाको टिप्पणी : खेल खेलाडीका, जित अनाडीका
गगनले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार