अदालतमा रिट पुगेपछि वामदेवले पार्टी वैठकमा भने, ‘पार्टीका नेताले नै मेरो बदनामी गरे, अब मेरो डिफेन्स पार्टीले गर्ने की नगर्ने ?’

सफल खबर संवाददाता

सोमबार, ०५ असोज २०७७, ०७ : ४२
अदालतमा रिट पुगेपछि वामदेवले पार्टी वैठकमा भने, ‘पार्टीका नेताले नै मेरो बदनामी गरे, अब मेरो डिफेन्स पार्टीले गर्ने की नगर्ने ?’

फाइल तस्विर

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पहिले नै लागेको थियो, राष्ट्रिय  सभामा म पुगेलगत्तै अदालतमा रिट पुग्छ । आफु विरुद्द केही पार्टीकै त केही वाहिरियाहरुले मुद्दा बोकेर अदालत पुग्छन् । नभन्दै उनले पहिले नै पूर्व अनुमानित गरेजस्तै आइतबार अदालत खुल्ने वित्तिकै उनलाई राष्ट्रिय सभा लैजाने निर्णय विरुद्द तीन वटा  रिट निवेदन सर्वाेच्च् अदालतमा पुगेको छ ।

भलै ति रिट निवेदन दर्ता गर्ने या दरपिट गर्ने ? वा के गर्ने ? यसमा अदालतले कुनै निर्णय भने लिईसकेको छैन । पहले निवेदन अध्ययन गर्ने र त्यसपछि मिल्ने भएमात्र निवेदन दर्ता गर्ने या दरपिट गर्ने भन्ने निर्णय लिने भन्दै निवेदन बोकेर अदालत पुगेकाहरुलाई सर्वाेच्चको रिट निवेदन शाखाले आइतबार फर्काइदिएको छ ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी छुट्टाछुट्टै तीनवटा रिट निवेदन सर्वाेच्च्मा दर्ताका लागि पुगेका हुन् ।

यसरी रिट बोकेर पुग्नेमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत रहेको बताईएको छ । तर अन्य दुई निवेदन कसको भन्ने खुलेको छैन । तर अर्काे एउटा तारा बरालको रहेको हुन सक्ने पनि बताईएको छ ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्तिलाई संघीय संसद्को सोही कार्यकालभित्र राष्ट्रिय सभामा मनोनित गरिनु जनताको अभिमतको गम्भीर अपमान हो । प्रथम दृष्टिमै यो संविधानको जालसाजीपूर्ण एवं कपटपूर्ण प्रयोग हो भन्दै त्रिपाठी अदालत पुगेका हुन् ।

त्रिपाठी यसै पनि नेकपा नेता कार्यकर्ता देखिसहने अधिवक्ता होइनन । त्यसमाथी उनी चर्चामा आउन चाहने मुद्दा मामिलामा अदालतमा रिटभित्र चलखेल गरिरहन चाहने पात्र पनि हुन् ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गरेकी थिइन्। उनले सोही दिन सपथ पनि लिईसकेका छन् ।

अदालतमा रिट निवेदन पुग्दै गर्दा उता कोटेश्वरस्थित पार्टी जनवर्गीय संगठनको कार्यलयमा बसेको सचिवालय वैठकमा भने गौतमले पार्टीले आफनो डिफेन्स गर्नुपर्ने बताएका थिए  ।

‘मलाई चुनाव हराउने काम पार्टीभित्रकै नेताहरुका कारण भएको हो । त्यसपछि पनि प्रतिनिधीसभा जान, राष्ट्रिय सभा जान मलाई पार्टी नेताहरुले नै सुझाव दिएका हुन् । त्यही अनुसार जान खोज्दा विषय उचाल्ने र अन्तिममा मेरो  बदनामी गराउने काममा पनि पार्टी  नेतानै लागेको अनूभूति मलाई भईरहेको छ । म काम गर्न खोज्ने मान्छे हुँ, उपाध्यक्ष गौतमले पार्टी वैठकमा भने, –’ मलाई सरकारमा राखे राख्नुस, नराखे नराख्नुहोस तर संविधानले सरकारमा लान वाधा दिदैन । राष्टिय सभामा लगेको कुरामा मेरो भईरहेको आलोचनाको तपाईहरुले डिफेन्स गर्नुपर्‍यो नी !’

गौतमलाई सासद बनाइएपनि सरकारमा लान नमिल्ने भन्दै प्रधानमन्त्रीले आसयको अभिब्यक्ति दिएकोमा पनि गौतमको पार्टी वैठकमा आक्रोश थियो । उनले भने, पार्टीले गत फागुनमा निर्णय गर्छ, कार्यान्वयन हुन ६ महिना लाग्छ । फेरि पार्टीले निर्णय लिन्छ, क्याविनेटले निर्णय लिन आनाकानी हुन्छ , क्याविनेटले निर्णय गर्छ, राष्ट्रपतीकाहा पत्र पठाउन उही शैलीमा आलटाल गरिन्छ, यो नियत हो की के हो ? म विरुद्द किन यसरी खेलिदैछ ?

गौतमले प्रधानमन्त्री प्रति लक्षित गदै त्यस्तो धारणा राखेपछि प्रधानमन्त्री ओलीले भने उनका बारेमा थप बोल्न पर्ने वाध्यता नेकपा वैठकमा देखा परेको सचिवालयका एक सदस्यले सफलखबरसँग भने ।

गौतमले त्यसो भनेपछि प्रधानमन्त्रीले भने, –‘प्रतिनिधीसभामा पराजित तर राष्ट्रियसभामा सदस्य हुनुभएका कमरेडहरुको हकमा महिले नलाने भनेको होइन । तर उहाहरुका विषयमा संविधानको ब्यवस्था अन्तरविरोधी छ । संविधानले मिल्दैन भनेर कुरा गर्नेहरु पनि छन् । यसले झन पछि विवादमा लैजाने मात्र काम गर्छ । सडकमा छताछुल्ल्न हुन्छ । तपाईहरु सवैले ठिक छ लैजाऔं भन्नुहुन्छ भने पनि म तयार नै छु । तर संविधानका विषयमा एकपटक कानुन विदहरुसँग छलफल गरौं । त्यसपछि आउने निश्र्कषका आधारमा मात्र के गर्ने भन्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस