काठमाडौं । पार्टी विवाद मैझारो गरेसँगै सत्तारुढ दल नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आइतबार साँझ बालुवाटारमा भएको भेटवार्तामा पार्टी एकता जोगाउन एक अर्का नेताले देखाएको लचकताको प्रसंसा गर्दै धन्यवाद आदान प्रदान पनि गरियो ।
बालुवाटार स्रोतका अनुसार, दुई अध्यक्षले त्यसपछि स्थायी समिति बैठकले पारित गरेको दई अध्यक्षको प्रस्ताव कार्यान्वयनका विषयमा छलफल केन्द्रीत गरेका थिए । नेकपाले १० असार देखि जारी स्थायी समिति बैठकलाई २६ भदौंमा समापन गरेका थिए । बैठक समापन गर्दा नेकपाले पार्टीभित्रको विवादको रोडम्याप फेला पारेको छ , ओलीले अब प्रतिनिधीसभाको बाँकी कार्यकालसम्मै सरकारको नेतृत्व गर्ने, प्रचण्डले पार्टी कामको जिम्मा लिने, बैठक सञ्चालन, निर्णयको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मा प्रचण्डले लिने समझदारी दुई अध्यक्षका बीचमा भएको छ ।
सोही अनुसार कार्यविभाजन प्रस्ताव स्थायी समिति बैठकले पारित गरेको छ । सँगै सरकारलाई प्रभावकारी बनाउन केन्द्र देखि प्रदेश सम्मका सरकार आवश्यकताका आधारमा पूर्नगठन गर्ने लगायतका विषय पनि कार्यसूचिमा छन् । स्थायी समितिले त्यसको म्यान्डेट दिईसकेको छ । अब मन्त्रिमण्डल हेरफेर गर्ने कार्यसूचि स्थायी समिति बैठकले पारित गरेपछि त्यसमा छलफलमा प्रवेश गर्नुपर्ने छ ।
तर हिजोको छलफलमा दुई अध्यक्षले पार्टी बैठकको समिक्षा गर्दै पारित प्रस्ताव कार्यान्वयनका सन्र्दभमा छलफल गरेका थिए । छलफलमा ओली र दाहालले महासचिव विष्णु पौडेललाई पनि सँगै राखेका थिए । महासचिव पौडेलले दिएको जानकारी अनुसार, छलफलमा स्थायी समिति बैठकले पारित गरेको प्रस्ताव कार्यान्वयनमा केन्द्रीत रहेर छलफल भएको थियो ।
तल्ला कमिटिमा पार्टी स्थायी समिति बैठकले पारित गरेको प्रस्तावका बारेमा सर्कुलर गर्ने गरि उनीहरुले छलफल गरेर त्यसको तयारी गरेका थिए । हिजोको छलफलका आधारमा दुई अध्यक्षले आज (सोमबार) बेलुकीसम्म पार्टीका तल्ला कमिटिमा बैठकको निर्णय सर्कुलर गर्ने तयारी भएको छ । त्यसको खाका महासचिव पौडेललाई तयार पार्न अध्इक्षद्धयले निर्देशन गरिसकेका छन् ।
पार्टी बैठक निर्णयको सर्कुलर गरिसकेपछि पून सचिवालय बैठक वोलाउने र मन्त्रिमण्डल हेरफेरको विषयमा केन्द्रीत रहेर छलफल शुरु गर्ने तयारी दुई अध्यक्षको छ । एकपटक सचिवालय बैठक राखेर मन्त्रिमण्डल हेरफेरको मापदण्ड बनाउने र पछि दुई अध्यक्ष छलफल गरेर त्यसको अन्तिम तयारी गर्ने दुई अध्यक्षमा छलफल छ ।
सोही आधारमा नेकपाले अबको केही दिन भित्रै फेरि सचिवालय बैठक बोलाउने तयारी गरेको छ । असोज १५ भित्रै सरकार हेरफेरको काम सक्ने गरी ओली र दाहालका बीचमा छलफल शुरु भईसकेको स्रोतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ भदौ २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेन जेड सहभागिता सुनिश्चित
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन
दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव नेतृत्वको नेकपा
विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने