राष्ट्रिय सभा सांसदमा वामदेव गौतमलाई आज गर्लान् त प्रधानमन्त्री ओलीले सिफारिस ?

सफल खबर संवाददाता

सोमबार, २२ भदौ २०७७, ०८ : ५६
राष्ट्रिय सभा सांसदमा वामदेव गौतमलाई आज गर्लान् त प्रधानमन्त्री ओलीले सिफारिस ?

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनयन गर्ने रिक्त एक पदमा सिफारिस गर्न पार्टीले सरकारलाई निर्देशन दुई पटक दिईसकेको छ । १८ भदौंको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष गौतमको राष्ट्रिय सभा सदस्य मनोनयनको प्रक्रिया शुरु भईसकेको र कार्यान्वयनको चरणमा रहेको बताएका थिए । बैठक अगाडी नै उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएर ओलीले आज तपाईकै पक्षमा बोल्दैछु भनेर त्यसदिन जवाफ पनि दिएका थिए । 

त्यसपछि गौतमले प्रधानमन्त्रीलाई बिहिबार नै सोधेका थिए, अब कहिले बनाउनुहुन्छ ? भोलि बनाउनुहुन्छ ? प्रक्रिया पूरा गर्दैछु, ओलीको जवाफ थियो । बिहिबार सचिवालय बैठकले गौतमकै पक्षमा फेरि निर्णय कार्यान्वयन गर्छु भनेपछि शुक्रबार नै क्याबिनेट बैठक बोलाइयो । गौतमलाई लागेको थियो, अब सिफारिस हुन्छ , सम्भवतः आजै सांसद बन्न सक्छु । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले पनि राष्ट्रिय सभा सदस्य मनोनयन सिफारिसका लागि क्याबिनेट बैठक बस्न लागेको जानकारी बैठक अगाडी सञ्चारकर्मीलाई दिएकी थिइन् । तर त्यो दिनको बैठकमा प्रधानमन्त्रीले कुनै प्रस्तावनै ल्याएनन, त्यस सम्बन्धी ।

बालुवाटार स्रोतका अनुसार, उनलाई प्रधानमन्त्रीले क्याबिनेट मन्त्री सरहको सेवा सुविधा दिने गरी आफनो आर्थिक सल्लाहकारका रुपमा नियुक्ति गर्न चाहेका थिए । तर खतिवडाले भने आफु आर्थिक सल्लाहकार नभए पनि प्रधानमन्त्रीको सहयोगी नै रहने भन्दै मिल्दा आफुलाई अमेरिकाको राजदुत बनाउन आग्रह गरेको स्रोत बताउँछ ।

मन्त्रीहरु स्यवंलाई झस्का लाग्यो, किन प्रधानमन्त्रीले मनोनयनको प्रस्ताव ल्याएनन ? त्यसदिन अर्थमन्त्रीबाट बिदाई हुदै गरेका निर्वतमान अर्थमन्त्री डा. खतिवडाको बिदाईका लागि उनलाई अहिलेसम्मको अर्थ मन्त्रालय सम्हालेयताका काममा लामो भाषण गर्न प्रधानमन्त्रीले समय दिएका थिए । अन्य केही प्रशासनिक सरुवा बढुवाका निर्णय गरेर त्यसदिनको बैठक त्यक्तिकै सकियो ।

 गौतमको सिफारिस प्रस्ताव बैठकमै नआएपछि अझै प्रधानमन्त्री ओली कुनै न कुनै सौदाबाजीमा लागेको अड्कलबाजी नेकपा नेताहरुले गरे । प्रचण्ड स्यवंले पनि शनिबार आफुलाई खुमलटार भेट्न आईपुगेका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेलसँग यस विषयमा जिज्ञासा समेत राखेका थिए । 

त्यसपछि आज क्याबिनेट बैठक बस्दैछ । आजको क्याबिनेट बैठकमा भने गौतम सिफारिस प्रस्ताव जाने सम्भावना रहेको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्रीले सिफारिसमा ढिलाई गरेर आफ्नो असन्तुष्टि जनाएको र केही समय अझै प्रक्रिया लम्बाईदिएर मात्र सिफारिस गर्न खोजेको आरोप लाग्न थालेपछि गौतमलाई आजको क्याबिनेटबाट सिफारिस गर्ने तयारी भएको बालुवाटार स्रोतले बताएको छ ।

ओलीले गौतमलाई राष्ट्रिय सभा सिफारिस गरेकै दिन निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि सँगै केही न केही महत्वपूर्ण जिम्मेवारी दिन खोजेका छन् । निर्णय सँगसँगै गराएर खतिवडालाई पनि न्याय दिलाउने उद्येश्यले प्रधानमन्त्रीले खतिवडाको विषयमा के जिम्मेवारी दिने भन्नेमा छलफलकै क्रममा रहेकोले गत शुक्रबार गौतमको नाम सिफारिस नभएको हो । 

ओलीले अर्थमन्त्रालय समेतको जिम्मेवारी सम्हालेपछि हिजो बालुवाटारमा नीजि क्षेत्रका ब्यवसायी, उद्योगीहरुसँग कोभिडले आर्थिक क्षेत्रमा पारेको असरका विषयमा छलफल गर्न विज्ञहरुको बैठक बोलाउँदा निर्वतमान अर्थमन्त्री डा. खतिवडालाई पनि बोलाएका थिए । 

बालुवाटार स्रोतका अनुसार, उनलाई प्रधानमन्त्रीले क्याबिनेट मन्त्री सरहको सेवा सुविधा दिने गरी आफनो आर्थिक सल्लाहकारका रुपमा नियुक्ति गर्न चाहेका थिए । तर खतिवडाले भने आफु आर्थिक सल्लाहकार नभए पनि प्रधानमन्त्रीको सहयोगी नै रहने भन्दै मिल्दा आफुलाई अमेरिकाको राजदुत बनाउन आग्रह गरेको स्रोत बताउँछ ।

यो अवस्थामा प्रधानमन्त्रीले के गर्लान् ? त्यो प्रतिक्षाकै विषय छ । गौतम र खतिवडा दुवैका बारेमा आजैको क्याबिनेट बैठकवाट निर्णय हुनसक्ने अनुमान बालुवाटार निकट स्रोतले बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस