काठमाडौं । सत्तारुढ दल नेकपाको आज (बिहिबार) बस्ने सचिवालय बैठक पार्टीभित्र र बाहिरबाट निक्कै चासोपूर्वक हेरिरहेका छन् । बैठक यसकारण पनि अर्थपूर्ण र चासो पूर्वक हेरिएको छ की, नेकपाले रिक्त राष्ट्रिय सभाको एक पदमा उपाध्यक्ष वामदेव गौतमलाई लैजान्छ की अहिलेकै अर्थमन्त्री डा. युवराज खतिवडालाई ।
प्रधानमन्त्री ओली खतिवडालाई नै दोहो¥याएर लैजान चाहन्छन् । तर पार्टी सचिवालयका बहुमत हिस्सा उपाध्यक्ष गौतमलाई लैजाने गत फागुन १४ को निर्णय कार्यान्वयन गर्नुपर्ने पक्षमा देखिएका छन् । तर खतिवडाले बाजी मार्लान् की गौतमले ? चासो सबैतिर छ । पार्टीका सबै नेतालाई चक्मा दिदै अहिलेसम्म आफ्नो अडानमा कायम रहेका ओली फेरि अडानमै रहलान् या पार्टीका बहुमत हिस्साको निर्णय कार्यान्वयन गरेर जालान् ? चासो यसमा बढेको हो ।
ओलीले खतिवडालाई दोहा¥याउन अध्यक्ष प्रचण्ड देखि स्यवं दाबेदारी गरिरहेका उपाध्यक्ष गौतमसम्मलाई बोलाएर पनि फकाउन खोजेका थिए । तर ओलीको इच्छामा कसैले पनि सहमति नजनाईदिएपछि उनी निक्कै अप्ठयारोमा परेका छन् । अझै पनि उनले आफ्ना लागि के विकल्प हुन सक्छ भन्ने गृहकार्यका लागि केही समय बैठक सार्ने प्रस्ताव अध्यक्ष प्रचण्डसँग राखेका थिए । सोही आधारमा बैठक चार घण्टा ढिलो हुने गरी दिउँसो ३ बजेका लागि सारिएको छ ।
सचिवालयका एक सदस्एयले सफलखबरलाई बताए अनुसार, अध्यक्षद्दयको गृहकार्य नपुगेको भन्दै ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । सचिवालयमा खतिवडाको पक्षमा प्रधानमन्त्री र इश्वर पोखरेल बाहेक अन्य ७ नेता छैनन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु उपाध्यक्ष गौतम पार्टी बैठक सम्म आफ्नै अडानमा टिक्न सके गौतमलाई नै साथ दिएर जाने पक्षमा देखिएका छन् । महासचिव विष्णु पौडेल र गृहमन्त्री समेत रहेका रामबहादुर थापा पनि गत फागुनको निर्णय कार्यान्वयन गर्नुपर्ने, गौतम पार्टीका सिनियर नेता पनि रहेकोले उनलाई नै राष्ट्रिय सभामा लैजानुपर्ने पक्षमा उभिएका छन् ।
नेकपाको सचिवालयमा सांसद नहुनेमा अहिले गौतम एक्ला छन् । सोही कारण पनि उनलाई संसदमा लगेर ब्यवस्थापन गर्ने योजनामा नेकपाका शीर्ष नेताहरु तयार भएका हुन् । तर ओलीले भने खतिवडाको ठाँउमा भन्दा पनि अन्य विकल्पमा गौतमलाई संसदमा लगेर ब्यवस्थापन गर्ने बारे विकल्पमा छलफल गर्न तयार रहेको बताउदैं आईरहेका छन् । दिउसो ३ बजे बस्ने बैठकमा अब नेकपाभित्रको विवाद सल्टाउन गठन गरिएको समस्या समाधान सुझाव कार्यादलको प्रतिवेदनमा पनि छलफल हुनेछ ।
कार्यदलको प्रतिवेदनमाथीको छलफलका लागि भने कार्यदलमा रहेका सदस्यलाई पनि बोलाउने नबोलाउने विषयमा पनि छलफल चलिरहेको छ । कार्यदलका संयोजक विष्णु पौडेल सचिवालय सदस्य भएकाले अन्य नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल थिए । उनीहरुले ६ भदौंमा आफनो प्रतिवेदन बुझाएका थिए । दुई अध्यक्षमध्ये ओलीले सरकार र प्रचण्डले पार्टी जिम्मा लिने गरी कार्यविभाजन गरेर कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ भदौ २०७७, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेन जेड सहभागिता सुनिश्चित
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन
दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव नेतृत्वको नेकपा
विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने