काठमाडौं । पार्टीभित्रको आन्तरिक कलहले सत्तासिन दल नेकपालाई मात्रै होइन, प्रतिपक्षी काँग्रेसलाई पनि छोडेको छैन् । सत्तासिन पार्टीको कलह देखिने गरी सञ्चारमाध्यमका खोजीका विषय भएपनि प्रतिपक्ष काँग्रेसको कलह नेकपाको भन्दा कम छैन् । सत्तासिन दलको भन्दा काँग्रेसको विवाद झन फराकिलो र चरमोत्कर्षमा छ भन्दा अत्युक्ति हुदैन् । आगामी महाधिवेशन लक्षित गरेर पार्टी कब्जा कसले गर्ने भन्ने हिसाबकिताब काँग्रेसभित्र हुन थालेपछि विवादले उग्र रुप लिन थालेको हो ।
महाधिवेशनको पूर्वसँध्यामा देउवा पक्षले पार्टीभित्रको विभाग गठन र क्रियाशिल सदस्यता वितरण अभियान थालेपछि पौडेल पक्ष सशंकित भएका छन् । देउवाले विधान विपरित संगठन कब्जा गर्ने नियतले अहिले फटाफट काम गरिरहेको आरोप पौडेलपक्षको छ । देउवाले गरेको विधान विपरितका कामको सूचि नै तयार पार्न र आगामी रणनीति के बनाउने भन्ने विषयमा पौडेल पक्षले कार्यदल नै बनाएका छन् । पौडेल पक्षका नेताहरुले भर्चुअल बैठक गरेर कार्यदल गठन गरेका हुन् । कार्यदलले देउवाले गरेको विधि र विधान विपरितका कामको सूचि बनाउने र अबको रणनीति के गर्ने भन्नेमा सुझाव दिन भनिएको छ ।
देउवाले विभागको संख्या बढाउने, जिम्मेवारी दिने, नौ भ्रातृ संस्थाको म्याद थप गर्ने, क्रियाशील सदस्यता आफूअनुकूल जिल्लामा मात्रै वितरण गर्ने, आफ्नो अवस्था बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी दिनेजस्ता रणनीतिक कदम चालेपछि पौडेल पक्ष झस्किएर राजीनामा सम्मको धम्की दिएको देखिन्छ ।
यसले मस्यौदा पारम्भिक रुपमा तयार पारिसकेको कार्यदलमा रहेका सदस्य बद्री पाण्डेले बताएका छन् । कार्यदलले आफ्नो प्रतिवेदन तयार पारिसकेपछि फेरि आन्तरिक छलफल गर्ने र देउवा विरुद्ध कडा रणनीतिका साथ प्रतिरोधमा उत्रने पौडेल पक्षका नेताहरुले बताएका छन् । पौडेल पक्षले देउवा पक्षले अहिले गरिरहेको विभाग गठन र क्रियाशिल सदस्यता वितरणका काम रोक्नुपर्ने र अवैधानिक रुपमा बाँडिएको क्रियाशिल सदस्यता खारेज नगरेमा अनशन बस्ने, धर्ना दिने देखि पार्टीको केन्द्रीय समितिबाट सामुहिक राजीनामा दिने सम्मका विकल्पमा पौडेल पक्षले छलफल चलाएका छन् ।
अब हामी के गर्ने भन्ने विभिन्न विकल्पमा छलफलमा छौं, एकपक्षिय निर्णय गर्ने र आफ्ना मान्छेमार्फत पार्टी संगठन कब्जा गर्ने रणनीतिमा सभापति लाग्नुभएको छ, त्यसो गर्न थाल्नुभयो भने हामी अनसन बस्ने, धर्ना दिने र उस्तै परे केन्द्रीय समितिबाट सामुहिक राजीनामा दिने सम्मको दबाबमूलक काम गर्नेछौं, केन्द्रीय सदस्य पाण्डेले भने । काँग्रेसले आगामी फागुनमा महाधिवशेन गर्ने घोषणा गरेको छ । तर विधानत ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग देउवाले कार्यकाल रहदासम्म गठन नगरेर अहिले महाधिवेशनको मुखमा गठन गर्न थालेपछि पौडेल पक्ष शसंकित वन्न पुगेको हो । त्यसका अतिरिक्त देउवाले आफु कमजोर रहेका क्षेत्रहरुका नेतृत्व परिवर्तन गर्ने सम्मका काम पनि यही बीचमा गरेका छन् ।
देउवाले विभागको संख्या बढाउने, जिम्मेवारी दिने, नौ भ्रातृ संस्थाको म्याद थप गर्ने, क्रियाशील सदस्यता आफूअनुकूल जिल्लामा मात्रै वितरण गर्ने, आफ्नो अवस्था बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी दिनेजस्ता रणनीतिक कदम चालेपछि पौडेल पक्ष झस्किएर राजीनामा सम्मको धम्की दिएको देखिन्छ । ‘आफ्नो गुटका भएनन् भनेर प्रदेश– १ र गण्डकी प्रदेशमा संसदीय दलका नेता फेर्ने मात्रै होइन, आफूअनुकूल नभएका जिल्लामा अनुचित दबाब दिने, क्रियाशील सदस्यता वितरणको फर्म नै नपठाउने गरी सभापति अघि बढ्नुभएको छ,’ अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘तर, सभापति महाधिवेशन केन्द्रित रणनीतिमा अघि बढे पनि अरू पक्ष यसलाई चिर्ने गरी प्रभावकारी रूपमा अगाडि बढ्न सकेका छैनन् ।’
अब पौडेल पक्षले देउवाका गतिविधि रोक्न र सच्याउने दिशामा लैजान नसके राजीनामा एउटै अन्तिम विकल्प भएको बताउन थालेका छन् । तर नेताहरुले भने जसरी के देउवा इतर पक्षका नेताहरुले केन्द्रीय समितिबाट सामुहिक राजीनामा देलान् ? यो प्रश्नको भने काँग्रेसकै नेताहरु केही बताउन सकिरहेका छैनन् । पौडेल पक्षका नेताहरुको धम्कीको रणनीति मात्र भएको देउवा पक्षका नेताहरुको जिकिर देखिन्छ । देउवा पक्षका एक नेताले सफलखबरसँग भने, पौडेल पक्षका नेताहरुले विभाग गठनमा नाम माग्दा पनि चार वर्षसम्म सभापतिले कुर्नभएको हो, नाम उहाँहरुले दिनुभएन ।
नाम पनि नदिने, अल्झाई राख्ने अनि सभापतिले आफ्नो काम गर्दा पनि विरोध गर्ने उहाहरुको शैली नै ठिक भएन्, अहिले उहाँहरु धम्कीको भाषा बोल्न थाल्नुभएको छ । यसको अर्थ छैन् । काँग्रेसमा चुलिदो यो घर झगडाले कुन रुप लेला भन्ने अनुमान अहिले नै लगाउन सकिएको छैन् । तर महाधिवेशनमा कसले नेतृत्व कब्जा गर्ला भन्नेमै नेताहरुका बीचमा तिक्तता बढेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ भदौ २०७७, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले भोलि पार्टीका सांसदलाई प्रशिक्षण दिने
काँग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका संशोधन, असोज १६-१९ सम्म गर्ने निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विवादमा गोकुल बाँस्कोटाको टिप्पणी : खेल खेलाडीका, जित अनाडीका