काठमाडौं । अन्तराष्ट्रिय उद्धार उडानका विषयमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईका बीचमा तीन दिन यता जुहारी चलिरहेको छ । पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालयलाई आपसी समन्वय नै नगरी उद्धार उडान रोक्न पत्राचार गरेपछि दुई मन्त्रीका बीचमा चर्काचर्की पर्दै आएको थियो ।
३ गते पर्यटनमन्त्री पोखरेलले सिसिएमसीको अनौपचारिक बैठकमा गएर कसले षडयन्त्र गर्दैछ भन्दै पोखरेलमाथी औंला उठाएका थिए भने बुधबार प्रधानमन्त्री सहित बसेको सिसिएमसीको बैठकमा पनि उनको त्यही असन्तुष्टि र आक्रोश दोहोरिएको थियो । बिहिबार क्याबिनेटमा त उनले उद्दार उडान चलाउनुपर्ने भन्दै प्रस्ताव नै बोकेर लगेका थिए ।
नेपाल वायुसेवा निगमकोे जहाज उद्दारका लागि दुबई पुगेपनि उसले सिसिएमसीको सोमबारको पत्रका आधारमा दुबई विमानस्थलमा आइसकेका सयौं नेपाली लाई त्यक्तिकै अलपत्र पारेर रित्तै फर्किएको थियो । तर सोही समयमा उपप्रधानमन्त्री पोखरेलले ब्यक्तिगत आर्थिक लाभ उठाउदै टर्किस एयरलाइन्सबाट भने नेपालीलाई स्वदेश ल्याउने काम गरेका थिए ।
त्यसपछि भने पोखरेल र भट्टराईका बीचमा देखिने गरी नै वाकयुद्द चलेको थियो । सिसिएमसीले उद्दार उडान रोक्न गरेको निर्णय प्रति असहमति जनाउँदै मन्त्री भट्टराईले बिहिबारको क्याबिनेट बैठकमा नियमित अन्तराष्ट्रिय उडान गर्ने प्रस्ताव लगेपछि यस विषयमा निर्णय गर्न प्रधानमन्त्रीले ४ मन्त्री र मुख्यसचिव बसेर औपचारिक निर्णयमा पुगन जिम्मा लगाएका छन् । भट्टराईले सेक्टेम्वर १ बाट अन्तराष्ट्रिय उडान गर्ने प्रस्ताव क्याबिनेट बैठकमा लगेका थिए ।
ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा र मुख्य सचिव लोकदर्शन रेग्मीलाई यो विषय टुंग्याउन जिम्मेवारी दिएका हुन् । ओलीले निर्णय जिम्मा ४ मन्त्री र मुख्यसचिवलाई जिम्मा लगाएपछि उनीहरुको बैठक आज बस्दैछ । मन्त्रीपरिषद्मा यस विषयमा मन्त्रीहरुले राखेको सुझाव सहित थप छलफल गरेर यस विषयमा आज निर्णय लिइने भएको पर्यटन मन्त्री योगेश भट्टराईको भनाई छ ।
तर यो बैठकमा गृहमन्त्री थापा भने सहभागी नहुने अवस्था छ । उनी बाढीले घरवार विहिन बनाएको अछाममा राहत र उद्दारका कार्यक्रम लिएर आज अछाम जाने कार्यक्रम बनाएका छन् । कोराना संक्रमण न्यून भएका तथा स्वास्थ्य जाँच गर्न सजिलो भएका मुलुकबाट नियमित (निश्चित) उडान सञ्चालन गर्न सकिने प्रस्ताव पर्यटनमन्त्रीले क्याबिनेटमा लगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ भदौ २०७७, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहाडमा पनि पक्की सडक सञ्जाल विस्तार गर्न आवश्यक : मन्त्री भण्डारी
भूमि सम्बन्धी अधिकार उपभोग गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का
यसरी जोगियो शरदसिंह भण्डारीको मन्त्री पद
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह