काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई (यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो ।
प्रहरीलाई तत्काल आवश्यक नभएको सो उपकरण खरिदमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आफैंले चासो दिएर चाँडै खरिद गर्न निर्देशन दिइसकेका छन् । कोरोना कहरबीच प्रहरी जनशक्ति सुरक्षा उपकरणबिनै फिल्डमा खटिरहेको अवस्थामा ५ करोड खर्चेर उपकरण खरिद गर्न चिनियाँ कम्पनी हुवावेको नेपाल प्रतिनिधि हनी इन्टरप्राइजेज र मोबिलिटी प्रालिलाई छनोट गरिएको छ । सो उपकरणले प्रधानमन्त्रीको सवारीका बेला सर्भिलेन्स गर्नेछ ।
प्रधानमन्त्रीमाथि आक्रमण भए वा अन्य विपत्ति आइलागे सुरक्षा निकायलाई तुरुन्तै भिडियो रिपोर्ट दिने भएकाले प्रधानमन्त्रीका आइटी विज्ञको सल्लाहमा उपकरण खरिद अन्तिम चरणमा पु¥याइएको हो। त्यसका लागि नेपाल प्रहरीको सूचना तथा प्रविधि निर्देशनालयले फागुन १९ मा बोलपत्र आह्वान गरेको थियो । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ असार २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग