काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेपछिका पहिलो १०० दिनमा अर्थ मन्त्रालय तथा मातहतका निकायबाट सम्पन्न भएका प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरिएको छ। मन्त्रालयले कानुनी तथा नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल रूपान्तरण, वैदेशिक सहयोग परिचालन, लगानी प्रवर्द्धन र सुशासनका क्षेत्रमा भएका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
मन्त्रालयका अनुसार यस अवधिमा मुलुकको वर्तमान आर्थिक अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरिएको छ। साथै आर्थिक वर्ष २०८३/८४ को बजेट, विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता तयार गरी संघीय संसदमा पेश गरिएको छ। निजी क्षेत्रको प्रवर्द्धन, विकास आयोजना कार्यान्वयन र आर्थिक सुधारलाई केन्द्रमा राखेर बृहत् आर्थिक तथा कानुनी सुधारको मार्गचित्र पनि तयार गरिएको मन्त्रालयले जनाएको छ।
प्रगति विवरणअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली संशोधन गरी पुँजीगत बजेट रकमान्तर गर्ने अधिकार सम्बन्धित मन्त्रालयका सचिवलाई दिइएको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार १५ वटा कानुन खारेज गर्ने निर्णय कार्यान्वयनमा लगिएको तथा राजस्व अनुसन्धान विभाग खारेज गरी त्यसको पुनर्संरचना गरिएको उल्लेख छ।
मन्त्रालयले वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ तर्जुमा गर्नुका साथै आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको जनाएको छ। भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी विभिन्न नियमावली पनि संशोधन गरी लागू गरिएको छ।
(एफएटीएफ) को कार्ययोजनामा नेपालले प्रगति हासिल गरेको मन्त्रालयले जनाएको छ। कर्मचारी आचारसंहिता लागू गर्नुका साथै क्यूआर कोडमा आधारित डिजिटल गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको र राजस्व चुहावट नियन्त्रणका लागि विशेष कार्यदल परिचालन गरिएको पनि विवरणमा उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार यी कार्यले आर्थिक सुधार, सेवा प्रवाह, लगानी वातावरण तथा सुशासन सुदृढीकरणका लागि आधार तयार गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०८३, १३ : ४३
लेखकबाट थप