काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री सस्मित पोखरेलको कार्यभार सम्हालेपछिका पहिलो १०० दिनमा सम्पन्न भएका ४२ प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयले २०८२ चैत १३ देखि २०८३ असार १९ गतेसम्म भएका नीति, प्रशासनिक सुधार तथा सेवा प्रवाहसँग सम्बन्धित गतिविधिहरू समेटेर प्रगति विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक महिनाभित्र, कक्षा १२ को नतिजा ४० दिनभित्र तथा विश्वविद्यालय तहका परीक्षाको नतिजा ६५ दिनभित्र प्रकाशन गर्ने उद्देश्यले विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनका लागि भवन वा जग्गा उपलब्ध नगराउने नीति लागू गरिएको तथा त्यस्ता संगठनसँग सम्बन्धित भौतिक संकेतहरू हटाउने कार्य गरिएको पनि विवरणमा उल्लेख गरिएको छ।
मन्त्रालयले स्वीकृत शैक्षिक क्यालेन्डरका आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रणाली लागू गरिएको जनाएको छ। त्यस्तै, विश्वविद्यालय तथा स्वायत्त निकायका पदाधिकारीको नियुक्ति स्वच्छ र प्रतिस्पर्धात्मक प्रक्रियामार्फत गरिएको दाबी गरिएको छ।
प्रगति विवरणमा त्रिभुवन विश्वविद्यालयका अध्ययन बिदामा गएका करिब ४०० जना प्राध्यापक तोकिएको अवधिमा नफर्किएको विषयमा कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख छ। सो प्रकरणमा करिब २ अर्ब रुपैयाँ राजस्व असुल हुनुपर्ने अवस्थामध्ये हालसम्म १३ करोड रुपैयाँ राजस्व फिर्ता भइसकेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०८३, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा मन्त्री पोखरेल र अस्ट्रेलियाका राजदूत साइमनबीच शिष्टाचार भेटवार्ता