काठमाडौं । परिवर्तनको नारा, परिणाममुखी शासन र परम्परागत राजनीतिक शैली तोड्ने प्रतिबद्धतासहित बनेको बालेन नेतृत्वको सरकारका मन्त्रीहरू पनि पुरानै शैलीको निरीक्षण भ्रमण मा केन्द्रित हुन थालेका छन्। सरकार गठनपछि पहिलो पटक शनिबार मात्रै विभिन्न मन्त्रालयका मन्त्रीहरू देशका विभिन्न जिल्लामा पुगेर आयोजना, कार्यालय, विमानस्थल, नाका र सरकारी संरचनाको निरीक्षणमा व्यस्त देखिए।
एकै दिन भएका यी भ्रमणहरूले सरकार सक्रिय देखिएको सन्देश त दिएको छ, तर यसले विगतका सरकारर्कै अनुगमन गर्यो, निर्देशन दियो र फर्कियोु भन्ने अभ्यासलाई नै निरन्तरता दिएको हो कि भन्ने प्रश्न पनि उठाएको छ।
शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गरे। त्यही क्रममा पर्यटन गतिविधि र पूर्वाधारबारे जानकारी लिए।
भौतिक पूर्वाधार तथा यातायात–शहरी विकासमन्त्री सुनिल लम्साल ले मुस्ताङको मार्फास्थित राजखोला पुल, कालीगण्डकी करिडोर कार्यालय तथा उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको निरीक्षण गरे। उनले निर्माणको प्रगति बुझ्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन्।
गृहमन्त्री सुधन गुरुङ ले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष, आगमन कक्ष, अध्यागमन र भन्सार क्षेत्रको निरीक्षण गर्दै सेवा प्रवाह सुधार्न र बिग्रिएका संरचना तत्काल मर्मत गर्न निर्देशन दिए। त्यसपछि उनी विराटनगर पुगेर जिल्ला प्रशासन कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय, जोगबनी मुख्य नाका, आईसीपी भन्सार र विराट दरबार क्षेत्रको समेत अवलोकनमा सहभागी भए।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी ले नुवाकोटस्थित केन्द्रीय कारागारअन्तर्गत बालसुधार गृहको निरीक्षण गरिन्। त्यहाँ बालबन्दीको अवस्था, व्यवस्थापन र सुधारका विषयमा जानकारी लिइन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बाँके पुगेर राष्ट्रिय गौरवको सिक्टा नहर आयोजना, नेपाल विद्युत् प्राधिकरण तथा प्रदेश डिभिजन कार्यालयको निरीक्षणमा सहभागी भए।
सक्रियता कि पुरानै शैली ?
सरकार गठनपछि मन्त्रीहरू मैदानमा उत्रनु स्वाभाविक मानिए पनि यस्ता निरीक्षण भ्रमण नेपालमा नयाँ अभ्यास होइन। विगतका प्रधानमन्त्री र मन्त्रीहरूले पनि कार्यालय, अस्पताल, विमानस्थल, सडक, आयोजना र नाकाको निरीक्षण गर्दै निर्देशन दिने गरेका थिए। तर अधिकांश निर्देशन कार्यान्वयन नहुँदा ती भ्रमण फोटोसेसन र प्रचारमुखी गतिविधि मा सीमित भएको आलोचना हुँदै आएको छ।
बालेन नेतृत्वको सरकारबाट भने फरक शैली, स्पष्ट कार्ययोजना, समयसीमा तोकेर नतिजा दिने शासन प्रणालीको अपेक्षा गरिएको थियो। तर अहिले मन्त्रीहरूको गतिविधि हेर्दा पुरानै सरकारी संस्कृतिको निरन्तरता देखिन थालेको टिप्पणी हुन थालेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०८३, १२ : ३८
लेखकबाट थप