काठमाडौँ । भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या सयाँै रहेको छ ।
हाम्रा भैरहवा समाचारदाता लक्ष्मण पौडेलका अनुसार भारतीय क्वारेन्टाइनमा १४ दिनभन्दा बढी समय बिताएका एक हजार दुई सय नेपाली बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् । क्वारेन्टाइन अवधि पूरा गरेपछि उनीहरू दसगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रबार नाराबाजी गरेका थिए ।
भारतमा अलपत्र परेपछि स्थानीय प्रशासन र विभिन्न पालिकाको सक्रियतामा शुक्रबार राति उनीहरूलाई नेपाल भिœयाइएको हो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी स्वदेश ल्याइएको जानकारी दिनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुक्रबार एक हजार १८५ जना नेपालीलाई रुपन्देही भिœयाइएको बताउनुभयो । “रूपन्देहीकै पालिकाका क्वारेन्टाइनमा ४३० जना बसेका छन्; बाँकी सबै नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, सर्लाही, झापा, धादिङ जिल्लाका स्थानीय तहले लिएर गएका छन्”, उहाँले भन्नुभयो ।
भारतले बन्दाबन्दीकै बीचमा रेल सेवा सुरु गरेपछि भारतका विभिन्न राज्यबाट बेलहिया नाका हँुदै घर फर्कन दैनिक सात आठ सय नेपाली सुनौली नाकामा आउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले बताउनुभयो । जेठयता मात्रै बेलहिया नाकाबाट दुई हजार पाँच सय नेपाली भित्रिएको प्रजिअ पन्थले बत(ाउनुभयो । त्यसबाहेक लुकिछिपी भित्रनेको सङ्ख्या पनि ठूलो रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
यसैगरी नेपालगन्ज समाचारदाता सिराजुद्दिन खानका अनुसार नेपालगन्जस्थित नेपाल–भारत सीमानाकाबाट शनिबार मात्र एक हजार नौ सय नेपाली स्वदेश भित्रिएका छन् । शुक्रबार त्यस नाकाबाट स्वदेश भित्रने नेपाली एक हजार नौ सय रहेको जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताउनुभयो ।
यस्तै वीरगन्ज समाचारदाता दीपक गौतमका अनुसार प्रदेश २ का विभिन्न सीमानाकाबाट शनिबार ४९६ जना नेपाली स्वदेश भित्रिएका छन् । जेठ महिनामा प्रदेश २ मा चार हजार २३० नेपाली भारतबाट स्वदेश भित्रिएका र उनीहरूलाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक जयराम सापकोटाले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ जेठ २०७७, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’