काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनाबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको अनौपचारिक बैठकमा संविधान संशोधनको गृहकार्य, हालै जारी गरिएको नयाँ नक्सापछिको राजनीतिक अवस्था, आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटलगायत सममायिक विषयमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
सो अनौपचारिक बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएको थियो । बैठकमा एमसिसी अध्ययन कार्यदलका तर्फबाट पार्टीका स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आआफ्ना भनाइ राख्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसिसी अध्ययनका लागि कार्यदल बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० जेठ २०७७, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई