काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधि सभा नियमावलीले संसद्को मर्यादा, अनुशासन र सर्वोच्चतालाई सुदृढ बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिको प्रतिवेदनमाथि छलफलका क्रममा बोल्दै संसद्लाई जनताको आवाज बोल्ने प्रभावकारी थलोका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए।
उनले नियमावली निर्माणका क्रममा दुई पक्षमा विशेष ध्यान दिनुपर्ने बताए। पहिलो, संसद्को अधिकार, संसदीय सर्वोच्चता र असल अभ्यासलाई संरक्षण गर्नुपर्ने र दोस्रो, समयअनुसार कार्य सञ्चालनलाई व्यवस्थित, चुस्त र जनताप्रति जवाफदेही बनाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘नकारात्मक हिसाबले संसदीय व्यवस्थामाथि धेरै प्रश्नहरू छन्, टीकाटिप्पणी हुने गरेको छ। यो गफ गर्ने अखडाको रूपमा पनि यसलाई आलोचना गरिन्छ। त्यसकारणले यो गफ गर्ने अखडा होइन, यो काम गर्ने थलो हो र जनताका प्रतिनिधिहरूको मर्यादित स्थान हो।’
उनले सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन नियमावली प्रभावकारी हुनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ जेठ २०८३, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ