काठमाडौं । नेकपा प्रमुख सचेतक युवराज दुलालले संविधान र संसद् नियमावली कार्यान्वयनको विषयमा सरकार र संसद्को भूमिकाप्रति प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधानको धारा ७६(१०) अनुसार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था रहेको जानकारी गराए।
उनले प्रतिनिधिसभा नियमावलीको नियम ५६(१) अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने, उठेका प्रश्नको तत्काल जवाफ दिनुपर्ने तथा सभामुखले बैठकको सुरुमै त्यसका लागि समय निर्धारण गर्नुपर्ने व्यवस्था रहेको बताए।
उनले भने, ‘संविधान र नियमावलीलाई सरकारको सुविधा अनुसार मात्रै लागू गर्ने प्रवृत्ति बढेको छ। सरकारलाई सजिलो हुने विषयमा नियमावली लागू गर्ने, तर सरकारलाई अप्ठ्यारो पर्ने विषयमा लागू नगर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। सांसदहरू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले संविधान र कानुनको पालना गराउन जिम्मेवार हुनुपर्छ।’
संसद्मा संविधान र नियमावलीको पूर्ण कार्यान्वयन हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ जेठ २०८३, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ