काठमाडौँ । प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नियमापत्ति जनाएका छन्।
नेकपा सांसद रमेश मल्लले खरेलले विपक्षी दलहरूको विरोधलाई संकेत गर्दै प्रयोग गरेको “तमासा” शब्द असंसदीय भएको दाबी गर्दै उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका हुन्।
उनले उक्त शब्दले प्रतिपक्षप्रति अपमानजनक संकेत गरेको भन्दै संसदीय मर्यादा अनुकूल नभएको तर्क प्रस्तुत गरे।
यसअघि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको अवरोधबीच पनि प्रतिनिधिसभाको कार्यसूची अघि बढाएका थिए। सो क्रममा पर्यटन विधेयक २०८२ माथिको सामान्य छलफल प्रक्रियासमेत अगाडि बढाइएको थियो।
त्यसै छलफलका क्रममा रोष्ट्रममा पुगेका सांसद खरेलले विपक्षी दलहरूको निरन्तर अवरोधलाई लिएर टिप्पणी गरेका थिए, जसलाई लिएर संसदभित्र थप राजनीतिक बहस उत्पन्न भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ जेठ २०८३, १७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनमा जगदीश खरेलले भने- लौ न अब त भगवानलाई जोगाउनुपर्यो
आफूविरुद्ध नियोजित प्रचार भएको भन्दै सांसद जगदीश खरेलको असन्तुष्टि
ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी
सञ्चारमन्त्रीबाट राजीनामा दिएका जगदीश खरेल रास्वपा प्रवेश गर्दै
पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल