लहान । घाँटी रेटिएका अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ । स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिनुभयो । शवको प्रकृति हेर्दा गएराति नै हत्या गरिएको हुनसक्ने उहाँले बताउनुभयो ।
हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० बैशाख २०७७, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या