चितवन । चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित एक अटो पसलमा काम गर्ने युवकको चक्कु प्रहारबाट हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सम्भव अटो पसलमा कार्यरत अन्दाजी ३० वर्षीय आशिष खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो। आइतबार (२२ वैशाख) राति करिब ११:५० बजेको समयमा एक अज्ञात व्यक्तिले उनीमाथि धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खनाललाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले सोमबार (२३ वैशाख) राति १२:२० बजे उनलाई मृत घोषणा गरेका हुन्।घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कृष्णपुरबाट प्रहरी निरीक्षक अनिल कुमार झाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारी व्यक्ति मोटरसाइकलमा फरार भएका छन्।प्रहरीले फरार अभियुक्तको खोजी कार्यलाई तीव्र बनाएको छ। घटना के कति कारणले भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ बैशाख २०८३, १६ : २८
लेखकबाट थप