दैलेख । दैलेखमा मादक पदार्थ सेवनपछि भएको पारिवारिक विवादले उग्र रुप लिँदा एक बाबुले आफ्नै छोराको विभत्स हत्या गरेका छन् ।
जिल्लाको नारायण नगरपालिका-९ सालखर्कमा मंगलबार राति ७० वर्षीय बाबु कबिराज थापाले आफ्नै ४५ वर्षीय छोरा यादव थापाको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।
मदिराको नसामा भएको सामान्य भनाभनले ज्यानै लिने अवस्थासम्म पुगेको यो घटना मंगलबार राति करिब ११ बजेतिरको हो । प्रहरीका अनुसार रातिको समयमा बाबुछोराबिच पारिवारिक विषयमा सामान्य विवाद सुरु भएको थियो । मादक पदार्थ सेवन गरेका कारण दुवै जना आवेगमा आएपछि बाबु कबिराजले रिसको झोकमा घरमा रहेको खुर्पाले छोरा यादवमाथि प्रहार गरेका थिए ।
धारिलो हतियारको प्रहारबाट गम्भीर घाइते भएका यादवलाई राति नै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो । तर, उनको शरीरमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्राव भएका कारण अस्पताल पुर्याउनासाथ चिकित्सकहरुले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।
घटनाको जानकारी पाउनासाथ तत्कालै खटिएको प्रहरी टोलीले हत्यामा संलग्न बाबु कबिराज थापालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । प्रहरीले हत्यामा प्रयोग गरिएको रगत लतपतिएको खुर्पा पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको मुचुल्का उठाई थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० जेठ २०८३, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ