युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते

सफल खबर संवाददाता

विहीबार, २१ जेठ २०८३, ०९ : ४६
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते

भक्तपुर । भक्तपुरमा एक पुरुषले पत्नीको हत्या गरेका छन्। 

भक्तपुर नगरपालिका-१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन्।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका–६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्। 

आक्रमणमा उनका आठ वर्षका छोरा त्रिशल घाइते भएका छन्। उक्त घटना गएरातिको हो। हत्या अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।