काठमाडौं । आइतबारदेखि काठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सावारी साधन सञ्चालन हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।
सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति ल्याएसँगै भोलीदेखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ भने बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०७७, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलका लागि काठमाडौंले रिटेन गर्यो ६ खेलाडी
काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन
भोलिदेखि तीन दिनसम्म काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै