चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०८२, १२ : २१
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट

काठमाडौं । काठमाडौं गोर्खाजले चितवनविरुद्ध सुरुवातमा नै दुई विकेट गुमाएको छ। 

नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार भइरहेको पहिलो खेलमा चितवन राइनोजविरुद्ध काठमाडौंले लगातार विकेट गुमाएको हो। 

दोस्रो ओभरमा काठमाडौंका आकाश त्रिपाठी रन आउट र तेस्रो ओभरमा रसिद खान रवि बोपाराको हातबाट क्याचआउट भएका हुन्। 

चौथो ओभर जारी रहँदा काठमाडौंले २३ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया दिनुहोस