काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट सरकारको बागडोर सम्हाल्दै छ । पार्टी स्थापनाको छोटो अवधीमै झण्डै दुई तिहाई जनमतसहित सरकारको नेतृत्व सम्हाल्न लागेको रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा अगाडी सारेको छ । सोही अनुसार, उनले आज मध्यान्ह १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथ लिँदैछन् । त्यसलगत्तै उनको क्याबिनेटलाई पनि आजै पूर्णता दिने तयारी छ ।
प्रधानमन्त्रीसहित १६ जनासम्मको क्याबिनेट बनाउने गरी रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री हुँदै गरेका बरिष्ठ नेता बालेन शाहबीच बिहिबार अबेर रातीसम्म क कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको थियो । दुई नेताका बीचमा छोटो सर्टलिष्ट तयार भएको र त्यसलाई अहिले पार्टीका दुई उपसभापति डिपि अर्याल र स्वर्णिम वाग्लेसहित बसेर अन्तिम छिनोफानो लगाउने काम भईरहेको रास्वपा स्रोतले जनाएको छ ।
बालेनको प्रधानमन्त्रीको शपथ अगाडी नै मन्त्रीको टुंग्गो लगाउने गरी रास्वपा नेताहरु छलफलमा छन् । झण्डै दुई तिहाई जनमत प्राप्त पार्टीले प्रधानमन्त्री देखि मन्त्रीसम्म एकैपटक फाइनल गर्दा त्यसले जनताका बीचमा राम्रो सन्देश जाने र आजै सरकारको मन्त्रीपरिषद्को समेत बैठक बसेर एक सय दिन के काम केन्द्रीत गर्ने भनेर निर्णय समेत गर्ने तयारीमा प्रधानमन्त्री हुँदै गरेका बालेन शाहले योजना बनाएका छन् ।
सोही कारण पनि आजै मन्त्रीहरुले पनि शपथ लिने तयारी छ । अहिलेसम्म रास्वपाले ५ जना मन्त्री बन्नेहरुको ना मभने अन्तिम टुंग्गो लगाएको छ । यधपी टुंग्गो लागेका नामहरुका बीचमा पनि जिम्मेवारीका बारेमा भने केही छलफल अझै बाँकी रहेको रास्वपा स्रोतको भनाई छ ।
अहिलेसम्म उपसभापतिद्दय डिपि अर्याल र स्वर्णिम वाग्ले दुबै जना मन्त्री बन्ने निश्चित भएको छ । स्वर्णिमलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । तर डिपि अर्यालको मन्त्रालयका बारेमा भने अझै छलफल जारी छ । उनलाई गृह दिने या भौतिक पूर्वाधार भन्नेमा छलफल छ । उनीहरुसँगै मन्त्रीमा टुंगगो लागेका सुनिल लम्साल र अर्यालका बीचमा मन्त्रालय कसरी मिलाउने भन्नेमा छलफल भईरहेको छ । सुनिल लम्साल पनि मन्त्री बन्दैछन् । उनको पनि टुंग्गो लागेको छ । त्यस्तै काठमाडौं ५ बाट निर्वाचित भएका नेता सस्मित पोखरेललाई मन्त्री बनाउने टुंग्गो लागेको छ ।
रास्वपाका विदेश विभाग प्रमुख समेत रहेका शिशिर खनाल पनि मन्त्री बन्दैछन् । उनको पनि टुंग्गो लागेको रास्वपा स्रोतले जनाएको छ । यसआधारमा ५ नेताको अहिलेसम्म टुंग्गो लागेको छ । क्याबिनेटमा कम्तीमा ३३ प्रतिशत अर्थात एक तिहाई महिलालाई मन्त्री बनाउने सहमति बनेको छ । तर महिलाबाट क कसलाई मन्त्री बनाउने भन्नेमा भने नेताहरु अझै छलफलमा छन् । महिलामा सोविता गौतम, इीन्दरा रानामगर लगायतका नेताहरुको नाम छलफलमा छ ।
अहिलेसम्म मन्त्री बन्ने कसैलाई पनि मन्त्रीको नाम पक्का भएको भनी सूचना भने रास्वपा शीर्ष नेताहरुले दिएका छैनन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०८२, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट