काठमाडौँ। शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) का लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त भएसँगै हाल गृह मन्त्रालयको भवनबाट सञ्चालन भइरहेको भवनको पहिलो तल्लामा प्रधानमन्त्रीका लागि आवश्यक कार्यकक्ष, मन्त्रिपरिषद् बैठक कक्ष तथा भेटघाट कक्ष व्यवस्थापन गरिएको हो।
प्रधानमन्त्रीको दैनिक कार्य सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार मिलाउनुका साथै कार्यकक्षको आन्तरिक संरचना व्यवस्थित गर्ने कामसमेत सम्पन्न गरिएको छ। प्रधानमन्त्रीको बसाइ, बैठक तथा भेटघाटका लागि छुट्याइएका कोठाहरूमा वास्तुअनुसार कुर्सी-टेबलहरूको व्यवस्थापन मिलाइएको छ।
यसै सन्दर्भमा साह निकट सल्लाहकारहरूको टोलीले हालै कार्यालयको वस्तुस्थितिबारे अवलोकन गर्दै आवश्यक वास्तुअनुसार मिलाउन सुझाव दिएको थियो। सोहीअनुसार कार्यालय व्यवस्थापन र आन्तरिक संरचना मिलाउने काम करिब-करिब पूरा भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०८२, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?