अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहण

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०८२, १५ : ०४
अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । पदभार सम्हालेसँगै उनले संरचनागत सुधारतर्फ केन्द्रित प्रारम्भिक निर्णयहरू सार्वजनिक गरेका छन् ।

संचारकर्मिहरुरुसँग कुरा गर्दै उनले राजस्व अनुसन्धान विभागसहित करिब १५ वटा ऐन खारेजसम्बन्धी अध्ययन अघि बढाउने तथा समग्र कानुनी ढाँचाको पुनरावलोकन गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन् ।

यससँगै, चालु आर्थिक अवस्थाको समग्र चित्र प्रस्तुत गर्ने उद्देश्यले १३ चैतसम्मको अद्यावधिक आर्थिक स्थिति प्रतिवेदन (ह्वाइट पेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरिएको छ । उक्त कार्यदलले नीतिगत तथा संरचनागत सुधारका विषयमा सुझाव दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस