चितवनमा जेनजी आन्दोलनको नेतृत्व र सुरुवाती स्वरूप

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०८२, १६ : ११
चितवनमा जेनजी आन्दोलनको नेतृत्व र सुरुवाती स्वरूप

चितवन। चितवनमा जेन–जी पुस्ताका अगुवाहरूको नेतृत्वमा सुरु भएको आन्दोलन दोस्रो दिनसम्म आइपुग्दा नियन्त्रण बाहिर गएको छ। आभार सापकोटा, रविन केसी, सन्दीप न्यौपाने, मिलन कँडेल र अमित नगरीलगायत युवाहरूको अगुवाइमा सुरु भएको प्रदर्शन प्रारम्भमा शान्तिपूर्ण रूपमा अघि बढेको थियो।

आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेका थिए। भदौ २३ गते बिहान करिब २०० युवाको सहभागितामा सुरु भएको प्रदर्शन र्‍याली र नाराबाजीमा सीमित थियो।

तर, भरतपुर महानगरपालिका अगाडि प्रदर्शनका क्रममा तनाव बढेपछि स्थिति बिग्रिएको देखिन्छ। प्रहरीले हस्तक्षेप गर्दै अश्रुग्यास, लाठीचार्ज र हवाई फायर प्रयोग गरेपछि आन्दोलन उग्र बन्दै गएको हो। त्यसै दिन काठमाडौंमा भएको हिंसात्मक घटनाको प्रभावले पनि चितवनका आन्दोलनकारीहरू थप उत्तेजित बनेको अनुसन्धानले देखाएको छ।

भदौ २४ गते भने अवस्था झन् जटिल बन्यो। हजारौंको भीड सडकमा उत्रिएपछि आन्दोलन जेन–जी समूहमा सीमित नरही विभिन्न समूहहरूको सहभागिता देखियो। आपराधिक समूह, ज्याला मजदुरी गर्नेहरू, कवाडी संकलन गर्ने समूह तथा सर्वसाधारणको भीड मिसिँदा आन्दोलन नियन्त्रण बाहिर गएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस