काठमाडौँ-ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०८२, १० : ५४
काठमाडौँ-ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलो पटक काठमाडौँ-ग्वाञ्जाओ-काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ ।

पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपश्चात प्रत्येक आइतबार, मंगलबार र शनिवार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर रु. ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस