काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम एवं उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितता भएको विषयमा चासो राखेका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग सामान खरिद प्रक्रिया किन विवादित भन्दै उनले सोधेका छन्।
‘यस्तो समयमा खरिद प्रक्रिया किन विवादित बनाएको, नियतले विवाद आएको हो कि साँच्चै विवाद आएको ? यो विषयमा मन्त्रालय र मन्त्रीको ध्यान किन गएको छैन ? सरकारले राम्रो काम गरेको छ भन्ने सुन्दासुन्दै खरिदमै भ्रष्टाचार भयो भनेर आउनु राम्रो कुरा भएन’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै मन्त्रिपरिषद्का एक सदस्यले भने।
उनका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री ढकाललाई राम्रोसँग काम गर्न निर्देशन पनि दिएका छन्। चीनबाट खरिद गरी ल्याइएका स्वास्थ्य सामग्रीमा आर्थिक अनियमितता भएको चर्चा चलेको छ। नागरिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी