काठमाडौं । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।
विहान ११ बजेर ३२ मिनट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म पुगेको थियो ।
विमानस्थलमै रहेका सुरक्षाकर्मीका अनुसार, ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर धावनमार्गबाट दुई सय मिटर जति टाढा झाडीमा पुगेको छ । विमान चिप्लिँदै गर्दा ठूलो आवाज समेत आएको थियो । 9N-AKU कल साइन रहेको सो विमान दुर्घटनाको कारण खुल्न सकेको छैन ।
फोटो : नागरिकखबर

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०७६, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै