काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। गुरुङ आज दिउँसो करिब १ बजे बुढानीलकण्ठ नजिक इटालीटारस्थित लामिछाने निवास पुगेका थिए।
यसअघि रास्वपाका सांसद अमरेशकुमार सिंहले पनि सभापति लामिछानेसँग छोटो भेट गरेका थिए। उनी करिब साढे १२ बजे निवास पुगेको र करिब १५ मिनेटको संवादपछि बाहिरिएको बताइएको छ। सिंह बाहिरिएसँगै गृहमन्त्री गुरुङ सोही निवासमा पुगेका हुन्।
यसैबीच, यसअघि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभापति लामिछानेबीच करिब तीन घण्टा छलफल भएको स्रोतको दाबी छ।
उक्त भेटघाटहरू पछिल्ला दिनमा गृहमन्त्रीसँग जोडिएका लगानी स्रोत, बिचौलिया सम्बन्ध र सम्पत्ति विवरणसम्बन्धी सार्वजनिक रूपमा उठेका प्रश्नहरूको पृष्ठभूमिमा भएका हुन् भन्ने आकलन गरिए पनि सम्बन्धित पक्षबाट छलफलको औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ बैशाख २०८३, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'