प्रधानमन्त्री बालेन शाहद्वारा अर्थमन्त्री र योजना आयोगसँग सामूहिक छलफल

सफल खबर संवाददाता

मंगलबार, ०८ बैशाख २०८३, १२ : १९
प्रधानमन्त्री बालेन शाहद्वारा अर्थमन्त्री र योजना आयोगसँग सामूहिक छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल शुरु गर्नु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ।

बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारे समेत छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस