काठमाडौं । सुधन गुरुङ अध्यक्ष रहेको “हामी नेपाल” नामक संस्थाको वेबसाइट अचानक बन्द भएपछि यससँग जोडिएका विभिन्न आरोप र राजनीतिक सम्बन्धहरू फेरि चर्चामा आएका छन्। एकपछि अर्को प्रमाण सार्वजनिक भएको दाबी गरिँदै आएको पृष्ठभूमिमा वेबसाइट नै पहुँचबाहिर हुनु थप शंका उत्पन्न गर्ने विषय बनेको छ।
हाल जेलमा रहेका बिचौलिया दिपक भट्ट माथि करिब ३.७३ अर्ब रुपैयाँ बराबरको आर्थिक अनियमितताको आरोप लागेको छ। उनी बि.सं. २०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सँग भेट गराइएका थिए, जसमा भूमिका खेलेको आरोप अमरेस कुमार सिंह माथि लाग्दै आएको छ।
त्यस भेटपछि दीपक भट्टले राजनीतिक तथा प्रशासनिक पहुँच विस्तार गर्दै विभिन्न क्षेत्रका ठेक्का–टेन्डरहरूमा प्रभाव जमाएको दाबी सार्वजनिक हुँदै आएका छन्। प्रधानमन्त्रीदेखि उच्च कर्मचारीसम्म ‘सेटिङ’ मिलाएर काम गराएको आरोप समेत उनीमाथि लाग्दै आएको छ।
अर्कोतर्फ, अमरेस कुमार सिंह आफैं पनि विवादको घेरामा छन्। साधारण परिवारबाट राजनीतिमा प्रवेश गरेका उनले कुनै अन्य पेशा–व्यवसाय नगरी ठूलो सम्पत्ति जोडेको दाबी गरिन्छ। काठमाडौंमा घरहरू, मधेस क्षेत्रमा बिघौँ जमिन र करोडौंको बैंक ब्यालेन्स जोडेको आरोप लगाइएको छ, जुन सामान्य संसदीय सुविधाले सम्भव नदेखिने विश्लेषण गरिएको छ।
उनको राजनीतिक उन्नतिसँगै सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको बताइन्छ। दीपक भट्टसँगको निकट सम्बन्धबाट सबैभन्दा बढी लाभ अमरेसले उठाएको भन्ने आरोप उनका सहोदर भाइको भनाइले समेत संकेत गरेको उल्लेख गरिएको छ।
यसैबीच, अमरेसले अघिल्लो एक अन्तर्वार्तामा नेपालमा सत्ता परिवर्तन विदेशी डिजाइनमा हुने, सेना संलग्न हुने र गैरराजनीतिक व्यक्ति वा सर्वोच्च अदालतका न्यायाधीश प्रधानमन्त्री बन्न सक्ने अभिव्यक्ति दिएका थिए। यस्ता भनाइका कारण उनीमाथि विभिन्न कोणबाट आलोचना र आरोपहरू लाग्दै आएका छन्।
त्यस्तै, विगतमा गिरिजा प्रसाद कोइराला ले उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठकबाटै “तस्कर” भन्दै बाहिर निकालेको घटना पनि पुनः चर्चामा आएको छ। सर्लाही क्षेत्रका केही विद्यार्थीहरूले छात्रवृत्ति दिलाउने नाममा पैसा लिएको आरोप समेत अमरेसमाथि लगाएका थिए।
स्थानीय स्तरमा स्वास्थ्य र शिक्षा क्षेत्र बिग्रिएको आरोप पनि उनीमाथि लाग्दै आएको छ, जसले उनको राजनीतिक भूमिकामाथि थप प्रश्न खडा गरेको छ।
अब मुख्य प्रश्न उठेको छ—लोकमान सिंह कार्की नेतृत्वको छानबिन समितिले अमरेस कुमार सिंह र दीपक भट्टबीचको सम्बन्ध तथा सम्पत्तिको स्रोतबारे निष्पक्ष अनुसन्धान गर्छ कि गर्दैन? साथै, उनी सम्बद्ध पार्टीले यी आरोपहरूमाथि कस्तो धारणा बनाउँछ भन्ने चासो पनि बढ्दो छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ बैशाख २०८३, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिचौलिया दिपक भट्ट सँग सुधनको पनि साँठगाँठ