ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा

सफल खबर संवाददाता

मंगलबार, ०८ बैशाख २०८३, २१ : ४१
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानविरुद्ध हुने दुई एक दिवसीय खेलका लागि आज नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ ।

यही वैशाख ९ र ११ गते हुने दुई दिने उक्त खेलको लागि आज १४ सदस्यीय नेपाली टोली छनोट गरेको क्यानको प्रवक्ता छुम्बी लामाले जानकारी दिए । 

छनोट हुने खेलाडीमा कप्तान अनिलकुमार साहसहित देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, तृतराज दास, कुशल मल्ल, सन्तोष यादव, राशिद खान, साहब आलम, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री र शेर मल्ल समावेश छन् । 

क्यानले घरेलु मैदानमा आयोजना गर्न लागेको यो शृङ्खला युवा खेलाडीको क्षमता परीक्षण र अन्तरराष्ट्रियस्तरको अनुभव दिलाउने उद्देश्यले महत्त्वपूर्ण मानिएको छ । ओमान जस्तो प्रतिस्पर्धी टोलीविरुद्धको खेलले नेपाल ‘ए’का खेलाडीलाई भविष्यका ठूला प्रतियोगिताका लागि तयार पार्न सहयोग पुग्ने क्यानको अपेक्षा छ ।

उक्त खेल काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस