‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ०८ बैशाख २०८३, २१ : १३
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भेटवार्ता भएको छ ।

‘प्रचण्ड’को सचिवालयका अनुसार भेटवार्ता मंगलबार दिउँसो ललितपुरस्थित मान भवनमा रहेको उनको निवासमा भएको हो ।

दुवै नेताबीचको छलफल औपचारिक निर्णय वा सहमतिमा केन्द्रित नभई समसामयिक राजनीतिक अवस्था र निर्वाचनपछिको परिस्थितिको सामान्य मूल्यांकनमा सीमित रहेको जनाइएको छ ।

भेटमा कुनै विशेष एजेन्डामा विस्तृत छलफल नभएको र केवल समसामयिक राजनीतिक विषयमा विचार आदान-प्रदान मात्र भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस