काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अब पार्टी कहिल्यै पनि नफुट्ने बताएका छन् ।
राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा बाल्दै उनले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गरेका हुन् । ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्नँ’ उनले भने ।
यसअघि नेताहरुकै कारण पार्टी पटक पटक फुटेको भन्दै अब पार्टी नफुटाउन माग नेता कार्यकर्ताले गरेका थिए । राष्ट्रियसभा गृहमा बुधबार आयोजित राप्रपा र राप्रपा संयुक्तको एकीकरण समारोहमा राप्रपा काठमाडौंका जिल्ला सचिव हरि प्रसाद अघिकारी पार्टी नफुटाउने कसम खान माग गर्दै गीता बोकेर मञ्चमा पुगेका थिए ।
कार्यकर्ताको माग र चाहनाअनुसार कमल थापाले आफ्नो सम्बोधनको सुरुमै भगवान पशुपतिनाथलाई साक्षी राखी गीता छुँदै आफूले पार्टी नफुटाउने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ