काठमाडौं शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्।
सोमबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले एसइई सकेर कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्षित ट्युसन सेन्टर र ब्रिज कोर्समा तत्काल रोक लगाउने निर्णय गरिएको जानकारी दिए। “एसइई दिएका विद्यार्थीलाई ब्रिज कोर्सले तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको हो,” उनले भने।
यसअघि आइतबार मन्त्रालयले विद्यालय तहदेखि उच्च शिक्षासम्मका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने सूचना सार्वजनिक गरेको थियो। तर व्यवसायीहरूको विरोधपछि उक्त सूचना सोमबार बिहानै मन्त्रालयको वेबसाइटबाट हटाइएको छ।
मन्त्री पोखरेलका अनुसार, रिजल्टको समय छोट्याइएकाले अनावश्यक प्रतिस्पर्धा र विद्यार्थीमाथिको दबाब कम गर्न यस्तो कदम चालिएको हो। वैशाख १ गतेदेखि लागू हुने गरी एसइईपछि सञ्चालन हुने कक्षा रोक्ने तयारी गरिएको उनले बताए।
साथै, एसइईभन्दा माथिका कोचिङ तथा ट्युसन सेन्टरहरूलाई भने कानुनअनुसार नियमन गरिने जनाइएको छ।
यस्तो थियो आइतबार निकालिएको सूचना
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १६ चैत्र २०८२, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
चितवनमा अनुमति नलिएका कन्सल्टेन्सी र म्यानपावर संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन !
विदेशी शिक्षामा बेथिति : आफैँले दिएको अनुमति रद्द गराउँदै मन्त्रालय
अत्याधिक चिसो बढेपछि भरतपुरका विधालय तथा कलेज एक दिनका लागि बन्द
अत्याधिक चिसो बढेपछि भरतपुरका विधालय तथा कलेजहरु बन्द