काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले चुनावको बेलामा पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त नभएको बताएका छन्।
काठमाडौं ५ का उम्मेदवार समेत रहेका थापाले अशक्त र ज्येष्ठ नागरिकलगायत सर्वसाधारणलाई समेत सुविधा पुग्ने गरी सरकारले सुरक्षामा बस सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
उनले भनेका छन्, ‘चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन। अशक्त र ज्येष्ठ नागरिकहरू लगायत सर्वसाधारणलाई समेत सुविधा पुग्ने गरी सरकारले सुरक्षाको उपयुक्त व्यवस्था मिलाई बस सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गर्दछु। यस कार्यमा साझा यातायातलाई समेत प्रयोग गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० फागुन २०८२, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा