काठमाडौँ । राप्रपासँग एकता गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू घर फर्किएको बताएका छन् ।
बुधबार काठमाडौँमा एक सभामार्फत दुई पार्टीको एकता घोषणा गरियो । उक्त सभालाई सम्बोधन गर्दै थापाले आफूले रमाइलो अनुभूति गरिरहेको बताएका हुन् ।
‘घर फर्किँदा म रमाइलो अनुभूति गरिरहेको छु । तर, यो भिडमा केही व्यक्तिको अनुपस्थिति मलाई खड्किरहेको छ । मेरो अभिन्न मित्र दीपक बोहोरा, बालराम घर्ती मगरलाई हामीले बिदा गर्यौँ । जनकपुरका कृष्णप्रताप मल्ले पनि हामीलाई छोडेर जानुभयो । उहाँहरू यहाँ भएको भए कति खुसी हुनुहुन्थ्यो होला,’ उनले भने, ‘यसैगरी घर फर्किँदा मसँग केही साथीहरू छुटेका छन् । यहीँ भएर छुटेका छन् कहिल्यै नआउने गरी संसारबाट बिदा भएका छन् । उहाँहरूको योगदान अमूल्य छ ।’
उनले एकतामा कुनै स्वार्थ नभएको पनि बताएका छन् । ‘यो एकता कुनै स्वार्थ, सर्त छैन । पार्टीका अध्यक्ष र वार्ताकारहरू जानकार हुनुहुन्छ । हाम्रो एउटै चाहना छ यो एकता गर्न हामी हतारिनुको पछाडि। बिनाशर्त पार्टी एकता गर्न हामी त्यसै तयार भएका होइनौँ,’ उनले भने, ‘हाम्रो एजेन्डा संकटमा छ । पहिलो हिन्द राष्ट्र र राजतन्त्रको विचार संकटमा छ । देश संकटमा छ । हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाको रक्षा । दोस्रो भ्रष्ट शासक र संयन्त्रबाट देशलाई मुक्त गर्ने ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा