काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न तहका भर्ना प्रक्रियाअघि सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ।
मन्त्रालयले विद्यालयदेखि उच्च शिक्षासम्मका भर्ना गतिविधि सुरु हुनु अघि निजी रूपमा सञ्चालन गरिँदै आएका यस्ता कार्यक्रमहरू रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।
मन्त्रालयको धारणा अनुसार ब्रिज कोर्स र तयारी कक्षाहरूले विद्यार्थीको मनोवैज्ञानिक अवस्थामाथि प्रतिकूल असर पार्ने तथा शिक्षामा समान पहुँच सुनिश्चित गर्ने प्रयासमा बाधा पुर्याउने देखिएको छ। साथै, यस्ता कार्यक्रमले अभिभावक तथा विद्यार्थीमाथि अतिरिक्त आर्थिक भार सिर्जना गर्ने भएकाले नियन्त्रण आवश्यक भएको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा मन्त्रालयद्वारा पाठ्यक्रम सुधारका लागि विज्ञ कार्यदल गठन
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
जेन जेड घाइतेलाई नि:शुल्क एमबीबीएस अध्ययनको अवसर नियम विपरीत छैन : शिक्षा मन्त्रालय
सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन माग
केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्दै शिक्षा मन्त्रालय