काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडाैं ५ बाट आफ्नो पराजय स्वीकार गरेका छन्। मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले आफूले हार स्वीकार गरेको उनको भनाइ छ।
विजयोन्मुख रास्वपाकाे समित पोखरेललाई बधाई दिँदै देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई पनि बधाई तथा शुभकामना व्यक्त गरेका छन्।उनले भनेका छन्, ‘निर्वाचनमा राप्रपाका तर्फबाट काठमाडौँ क्षेत्र नं. ५ को उम्मेदवार बनेको थिएँ। मतगणना अझै जारी छ, तथापि मतान्तर धेरै भएकाले म आफ्नो हार स्वीकार गर्दछु। ’हलो’ चिन्हमा मतदान गर्नुहुने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। पराजयका बाबजुद सशक्त चुनावी अभियान सञ्चालन गर्ने राप्रपाका सबै साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’
उनले चुनावी परिणामबाट विचलित नभई आत्मसमीक्षा गर्दै पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा