काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्स तथा प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने सम्बन्धी सूचना पुनः जारी गरेको छ।
मन्त्रालयले आइतबार विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया अघि सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षाहरू बन्द गर्ने सूचना सार्वजनिक गरेको थियो। तर सोमबार बिहान उक्त सूचना अचानक हटाइएपछि विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्थाहरूमा अन्योल उत्पन्न भएको थियो।
त्यसको केही घण्टापछि नै सोमबार साँझ मन्त्रालयले पुनः सोही सूचना जारी गर्दै आफ्नो निर्णय कायमै राखेको स्पष्ट पारेको छ।
नेपालमा ब्रिज कोर्स तथा प्रवेश परीक्षा तयारी कक्षाहरू विशेष गरी शैक्षिक तह पूरा गरेपछि नयाँ भर्ना अघि व्यापक रूपमा सञ्चालन हुँदै आएका छन्। यस्ता कक्षाले विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा सहयोग गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ चैत्र २०८२, २२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'