काठमाडौं ।नेकपा (एमाले) सचिवालय बैठकले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक लाई ‘प्रतिशोधपूर्ण र बदला–प्रेरित’ रूपमा गिरफ्तार गरिएको आरोप लगाउँदै त्यसको विरोधमा देशव्यापी आन्दोलन घोषणा गरेको छ।
पार्टीले शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरी प्रयोग गरी दमन गरेको भन्दै त्यसको घोर भर्त्सना गरेको छ। बैठकले चरणबद्ध रूपमा विभिन्न मितिमा आन्दोलनका कार्यक्रम तय गरेको जनाएको छ।
घोषित कार्यक्रमअनुसार चैत २५ गतेसम्म जिल्ला तहमा बृहत् भेला आयोजना गरिनेछ भने चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गरिनेछ। त्यस्तै, वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन तथा वैशाख १२ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ।
पार्टीले विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी सरकारी गतिविधिहरूलाई समेत आन्दोलनको मुद्दा बनाउने जनाएको छ। यसका लागि सबै जनसंगठनलाई आ–आफ्नो ढंगले कार्यक्रम सञ्चालन गरी पार्टीको आन्दोलनलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ। जनसंगठन संयन्त्रको बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने जानकारी दिइएको छ।
साथै, सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाहीलाई जिम्मेवारी दिइएको छ। संसदभित्र सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मा उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिइएको छ। संसदीय दलको बैठक भोलि दिउँसो ३ बजे बस्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०८२, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली पक्राउबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक
नेकपा एमालेको सचिवालय बैठक शुरु
नेकपा एमालेको सचिवालय बैठक बस्दै
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
माइतीघरबाट एमालेको विरोध प्रदर्शन सुरु